Arjunsansar.blogspot.com

Tuesday 17 September 2013

चर्चित गायिका अञ्जू पन्तको वियोगान्त कथा मैले किन बिहे गरें ? छोरीले गाली गर्छ


          १ असोज, काठमाडौं । एक्लै भएपछि कहिलेकाँही प्रेम प्रस्तावले हैरान
पार्दा रहेछन् । केही फ्यानका प्रस्तावले हैरान भएकी छु । ए लेभल
पदमा रहेका व्यक्तिहरु, ठुल्ठुला बिजनेस म्यान, एनआरएनहरु सबै
क्षेत्रका फ्यानहरुले प्रस्ताव राख्नुहुन्छ । ‘अञ्जुजी, जिन्दगीलाई
यसरी लानुपर्छ’ भनेर सँगै हिँड्ने बाचा पनि गर्छन् । बिहेको प्रस्ताव
गर्नेमा आर्मीको मेजरभन्दा माथिल्लो ओहोदाका व्यक्ति धेरै छन् ।
राजनीतिक दलका ठुल्ठुला नेता पनि मरिहत्ते गर्छन् । केही मन्त्रीले
एसएमएसमा गीत नै लेखेर पठाउँछन् ।
अब मलाई न साथी चाहिएको छ, न जीवनसाथी नै । सेक्सको भोको न
म हिजो थिएँ, न आज नै छु । चर्चमा ध्यान गर्न जान्छु । त्यसैले
पनि सेक्सतिर ध्यान जाँदैन । मैले किन बिहे गरें ?
त्यो गल्तीका लागि अहिले मलाई छोरी (परितोषिका) ले गाली गर्छे ।
पीडादायी वाल्यकाल
मेरो पुख्र्यौली घर फर्पिङ हो तर, म मामाघर तेह्रथुममा जन्मिएँ ।
जयबहादुर पन्त र मनु योञ्जन पन्तका पाँच सन्तानमध्ये म कान्छी हुँ
। बुबा हक्की स्वभावको हुनुहुन्थ्यो रे, आफ्नै पौरखमा बाँच्छु भनेर घर
छाड्नुभएछ । र, जागिरको सिलसिलामा तेह्रथुम पुगेर त्यहीँ घरजम
गर्नुभएछ । म तीन वर्षकी हुँदा परिवारसहित काठमाडौँ र्फकनुभएछ ।
बाल्यकाल मेरो त्यति सुखद् रहेन । ममीको पीडा हेरेर हुर्किएँ । १२
वर्षकै उमेरमा उहाँको माइलो छोरा बित्यो । त्यसको दुई
वर्षपछि युवा उमेरमै श्रीमान् पनि परलोक हुनुभयो । त्यसबेला म आठ
वर्षकी मात्र थिएँ । त्यतिबेला ममी जिउनै गाह्रो हुने
स्थितिमा पुग्नुभयो । माइती -तेह्रथुम) जाउँ भने धेरै टाढा, घर
(फर्पिङ) जान पनि गाह्रो । धेरै तनाबका कारण उहाँ मानसिक
बिरामी नै हुनुभयो । अहिले ठीक हुनुभएको छ । त्यसैले म ममीलाई धेरै
माया गर्छु । त्यतिखेर फुपू जानकी केसीले साथ नदिनुभएको भए
हामीलाई बाँच्नै समस्या पथ्र्यो । र, आज म यो स्थितिमा शायदै
पुग्थें ।
रेडियोमा गीत बज्दा शरीर चल्मलाउँथ्यो
सानोमा म ज्ञानी बच्चा थिएँ । घरको काममा पनि त्यस्तै ।
रातिको १२ नै किन नबजोस्, किचेन सफा गरेर मात्रै सुत्थें । मैले
माझेको सिल्भरको बाटामा ऐना हेर्न मिल्थ्यो । ‘मेरी भदैनीले सबै
भाँडा प्वाल पार्ने भई’ भनेर फुपू गाली गर्नुहुन्थ्यो ।
गाउन र नाच्नमा पनि म औधी नै रुचि राख्थें । तर, एक्लै हुँदा मात्रै ।
रेडियोमा गीत बजेपछि मेरो शरीर आफै चल्मलाउँथ्यो ।
रेडियोको वरिपरि सबैजना हुने, हत्त न पत्त तल झरेर एक्लै नाच्थें ।
गाउने पनि त्यस्तै, सबैजना छन् भने केटाको जस्तो आवाज निकालेर
हाइफाई तरिकाले गाइदिन्थें । एक्लै हुँदा भने सुरिलो आवाजले गाउँथेँ ।
मेरा यी हर्कतबाट फुपू भने राम्रै परिचित हुनुहुन्थ्यो ।
मनोजसित पहिलो भेट
अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगिता थियो ०५४ सालमा ।
त्यो प्रतियोगितामा म गाउँदै थिएँ, मनोजराज
शिवाकोटी पनि त्यही प्रतियोगितामा प्रतिस्पर्धी रहेछन् ।
त्यतिबेला म फुच्ची थिएँ, कपाल थाइकट थियो, घुँडाघँडासम्म आइपुग्ने
फ्रक लगाएकी थिएँ ।
मनोजराजजीले त्यहीँ नै मलाई पहिलोपटक देख्नुभएको थियो । उहाँले
घर पुगेपछि सबैलाई भन्नुभयो रे, ‘हेर्दा फुच्ची छ, आवाज
ऐनाजस्तो प्रस्ट छ, त्यही फुच्चीले जित्छे ।’ उहाँले सोचेजस्तै भयो,
म फस्र्ट भएँ, मनोजजी छैठौं हुनुभयो । त्यहाँदेखि त उहाँले मलाई
‘फलो’ गर्न थालिहाल्नुभयो नि । ‘हामी सँगै सिक्नुपर्छ है,
साथी बनौं, सँगै प्राक्टिस गरौं’ भन्दै उहाँ नजिकिन खोज्नुहुन्थ्यो ।
‘नाई, म प्राक्टिस आफ्नै दाइहरुसँग गर्छु’ भनेर म तर्किन्थें ।
मलाई भेट्न उहाँ रेडियो नेपाल नै आउनुहुन्थ्यो,
इन्स्टिच्युटमा पनि पुग्नुहुन्थ्यो । मेरी साथी (बाला दिदी) लाई
‘हिन्स’ दिनुहुन्थ्यो, बाला दिदीसँग कुरा गरेर मसँग नजिक हुन
खोजेको चाल म थाहा पाइहाल्थें । उहाँ नजिक हुन खोज्नुहुन्थ्यो, म
टाढा भाग्थें। मैले वास्तै गर्न छाडेपछि हामीबीच ग्याप भयो ।
लभ चल्दा नै झपड हानेर बेहोस बनाए
शंकैशंकाबाट सुरु भयो हाम्रो जीन्दगी । बिहे भएको केही दिनदेखि नै
उहाँले मलाई पिट्न थाल्नुभयो । हुन त उहाँले बिहेअघि पनि पिटेर बेहोस्
पार्नुभएको थियो । सामान्य विवादमा ठमेलको बीच बाटोमै मलाई
जोडले थप्पड हान्नुभाथ्यो । म त बेहोसै भएँछु । पछि, उहाँले नै
ट्याक्सीमा हालेर घर पुर्याउनुभएछ । म होसमा आएपछि उहाँले ‘आई
लभ यू, सरी’ भन्नुभयो, मेरो कोमल मन पग्लिइहाल्यो ।
अहिले पछुतो लाग्छ, त्यतिबेला मैले त्यो थप्पडको जवाफ दिएको भए
आज यो दिन देख्नुपर्दैनथ्यो होला । मैले अनुभव गरें,
केटा मान्छेको हात एकपटक उठेपछि त्यसलाई रोकेन भने उठेको उठ्यै
गर्दोरहेछ । त्यसले झन्झन् ठूलो रुप लिने रहेछ । बिहेअघि नै उहाँले
ममाथि शंका गर्ने, त्यस्तो हुँदाहुँदै पनि मैले किन बिहे गरंे,
त्यो गल्तीका लागि अहिले मलाई छोरी (परितोषिका) ले गाली गर्छे ।
पटक-पटक मर्न खोजें
एकपटक म सुत्केरी भएको २२ दिनमै नानाभाति शंका गरेर मनोजजीलेे
झगडा गर्नुभयो । धेरै सम्झाएँ तर पनि केही चलेन । एकदमै दिक्क
लाग्यो । अनि, रुँदै चुलेसीले आफ्नै हात काटें । त्यो खत अझै
मेटिएको छैन ।
विभिन्न ठाउँमा कार्यक्रम तय भइसकेको हुन्छ, पिटाइले
अनुहारभरि दाग हुन्थ्यो । त्यसरी पनि कुट्ने हो त ?
आँखा सुन्निँदा चश्मा लगाएर गाएकी छु । झन् हङकङको प्रोग्राममा त
धेरैभन्दा धेरै मेकअप गरेर घाउ लुकाउने कोशिष गरें । गाथा एल्बम
गर्दा कुटेर नाक नै भाँचिदिएका थिए । संगै
अमेरिकामा भएका बेला मेरो एउटा औंला नै भाँचिदिए ।
छुट्टी कै दिन रातभरि कुटाकुट भयो
विदेशमा धेरै कन्सर्टमा जान्थें । तर, दुवैजना सँगै भने गएका थिएनौं ।
सँगै जाने उहाँको पनि इच्छा थियो, ‘एकैचोटि अमेरिका नै जाऔं न त’
भनेर उहाँलाई पनि सँगै लगें । त्यहाँ पनि उहाँको स्वभाव फेरिएन,
झगडा गरेर मेरो एउटा औंला नै भाँचिदिनुभयो । दुई महिनाको कार्यक्रम
थियो, म फर्किएँ, उहाँ उतै बस्नुभयो ।
केही महिनापछि उहाँ पनि र्फकनुभयो । फर्केपछि त झन्
दिनरातको टर्चर सुरु भयो । अरुको कुरा सुनेर दिनरात नै पिट्न
थाल्नुभयो ।
उहाँसँग छुट्टनिुअघि रातभरि नै झगडा पर्यो । बिहानको चार
बजिसक्यो, कुटेको कुट्यै मात्र गर्छन् । ‘तँ किन कुरा बुझ्दिनस्’ भन्दै
घाँटी ङ्याके । सास नै जालाजस्तो भाथ्यो, धन्न छाडे । त्यो दिन त
अति नै गरे । मेरो ओठ, गाला सबै सुन्निएको थियो । रिसले
मेरो पनि कन्परा घुम्यो । यसै भएन, उसै भएन भनेर देब्रे हातले
मज्जाले बजाएँ । बेस्करी मुड्की बजाएकी थिएँ, एक मुड्कीमै
उहाँको आँखा रातै भयो ।
यसरी क्रियश्चियन बनें
फ्यानहरु सम्झन्छु । कतिपल्ट त एक्लै रुन्छु । कति धेरै
माया गरेका होलान् जस्तो लाग्छ । कुनै पनि गायकलाई आयोजकले डेढ
वर्षसम्म कुरेको सायदै इतिहास छ । तर, मलाई कुरे । बाहिरबाट
पैसा ल्याएर होटलमा बसेका थिए । मेरो पारिश्रमिक महँगो छ, मलाई
तिर्न ल्याएको पैसा सकिइसक्यो । होटलमा अझै कति दिन बस्नुपर्ने
हो थाहा छैन । मलाई फोन गरेर भन्थे, ‘डाक्टरले अब कति दिन टाइम
लाग्छ भनेका छन्, एक महिना, डेढ महिना, तीन महिना ?
हामी कुर्छौँ ।’ उनीहरुको कुरा सुनेर म धुरुधुरु रुन्थेँ ।
काठमाडौँमा म एक्लै टोलाउँथेँ । काठमाडौँबाहिर बहिनी फ्रेस हुन्छिन्
कि भनेर दाजु र साथीहरुले मलाई वीरगन्ज पुर्याउनुभयो ।
त्यहाँ हाम्रा सानोबुबाको परिवार थियो । शुक्रबार पुगेका थियौँ,
शनिबार त्यहाँको एउटा ठूलो हलमा सबैजना बस्यौँ । एक, दुई, चार
गरी अडियन्सहरु बढ्न थाले । मलाई सबैले चिन्थे, म कसैलाई नचिन्ने
। सानोबुबाले मलाई सल दिएर घुम्टी लगाऊ भन्नुभयो । मैले त्यसै गरेँ
। पछि थाहा भयो, मेरो सानोबा पास्टर र
सानीआमा पास्टर्नी हुनुहुँदो रहेछ । पास्टर बाले मलाई छोएर ‘हे प्रभु
तपाईंले बनाउनुभएको सुनको शिष्यलाई (सिसी) कसैले पनि तहस-नहस
पार्न नसकोस्’ भन्नुभयो । त्यो शब्द सुनेपछि भक्कानो फुटेर आयो ।
जिन्दगीमा धेरै रोएँ तर, त्यस्तो त म कहिल्यै रोएकी थिइनँ ।
बेलुकी भजन-कीर्तनको कार्यक्रम थियो । मेरो आवाज खुलेकै थिएन ।
तर, भजन किताबबाट आठ नम्बरको भजन मलाई गाउन लगाइयो ।
‘महान् ईश्वर गर्छु म प्रशंसा तपाईंको’ भजन मैले गाउनुपर्ने भयो ।
हाइरेन्जमा थियो त्यो भजन । भजन गाएको त बेलुका सललल
मेरो आवाज खुल्यो । म रोएँ, उफ्रेर नाच्न थालेँ, यता कुदेँ, उता दगुरेँ
। दाइहरु पनि रुनुभयो । त्यसपछि पास्टर बुबा राजकुमार घिमिरे र
पास्टर्नी आमा कमला घिमिरेले मलाई ग्रहण गरिदिनुभयो ।
त्यसपछि बाइबल पढ्न थालेँ, त्यसबाट प्रभावित भएर अहिले म
क्रिश्चियन बनेँ ।
तीन वर्षमा तीन तले घर बनाएँ
त्यतिबेला मसँग पैसा थिएन । पैसा त मैले धेरै नै कमाएकी थिएँ तर,
सबै खर्च भइसकेको थियो । कहिल्यै नकमाएको पैसा कमाउन थालेँ ।
पाँच लाख रुपैयाँ बैना गरेर एकतले घर किनेँ । डेढ वर्षको अवधिमा तीन
तलाको घर बनाएकी छु । दाजु, भाउजू, ममी, फुपू सबै सँगै बसेका छौँ ।
न योजना, न सपना
बूढासँगै हुँदाचाहिँ योजनाहरु बनाउँथेँ । आफ्नै म्युजिक कम्पनी खोल्ने,
इन्स्टिच्युट खोल्ने, कटेज जस्तो घर
बनाउनेजस्ता सपनाका कुरा गथ्र्यौं । अब त्यस्ता केही योजना छैनन्,
मेरा सबै कुरा विशुद्ध छोरीमाथि मात्रै केन्द्रित हुनेछ ।

0 comments:

Post a Comment