Arjunsansar.blogspot.com

This is default featured slide 4 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Monday 2 December 2013

lovely arjun

Friday 29 November 2013

my album

Monday 4 November 2013

Lovely Arjun photos

Friday 11 October 2013

दसैको सुभ कामना

हजूर लाई पनी बड़ा दशै - २०७० को सुखद उपलक्ष्यमा हजूर लगाएत संसारभर छरिएर रहनुभएका बुवा-आमा, दाजू-भाई, दीदी- बहिनी तथा मित्रहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । तपाइका हरेक पाइलाहरु सदा प्रगतिपथतिर लम्किरहुन अनि दुर्गा भबानी सदा दाहिना रहुन ।
click here दसै गीत

Tuesday 17 September 2013

चर्चित गायिका अञ्जू पन्तको वियोगान्त कथा मैले किन बिहे गरें ? छोरीले गाली गर्छ


          १ असोज, काठमाडौं । एक्लै भएपछि कहिलेकाँही प्रेम प्रस्तावले हैरान
पार्दा रहेछन् । केही फ्यानका प्रस्तावले हैरान भएकी छु । ए लेभल
पदमा रहेका व्यक्तिहरु, ठुल्ठुला बिजनेस म्यान, एनआरएनहरु सबै
क्षेत्रका फ्यानहरुले प्रस्ताव राख्नुहुन्छ । ‘अञ्जुजी, जिन्दगीलाई
यसरी लानुपर्छ’ भनेर सँगै हिँड्ने बाचा पनि गर्छन् । बिहेको प्रस्ताव
गर्नेमा आर्मीको मेजरभन्दा माथिल्लो ओहोदाका व्यक्ति धेरै छन् ।
राजनीतिक दलका ठुल्ठुला नेता पनि मरिहत्ते गर्छन् । केही मन्त्रीले
एसएमएसमा गीत नै लेखेर पठाउँछन् ।
अब मलाई न साथी चाहिएको छ, न जीवनसाथी नै । सेक्सको भोको न
म हिजो थिएँ, न आज नै छु । चर्चमा ध्यान गर्न जान्छु । त्यसैले
पनि सेक्सतिर ध्यान जाँदैन । मैले किन बिहे गरें ?
त्यो गल्तीका लागि अहिले मलाई छोरी (परितोषिका) ले गाली गर्छे ।
पीडादायी वाल्यकाल
मेरो पुख्र्यौली घर फर्पिङ हो तर, म मामाघर तेह्रथुममा जन्मिएँ ।
जयबहादुर पन्त र मनु योञ्जन पन्तका पाँच सन्तानमध्ये म कान्छी हुँ
। बुबा हक्की स्वभावको हुनुहुन्थ्यो रे, आफ्नै पौरखमा बाँच्छु भनेर घर
छाड्नुभएछ । र, जागिरको सिलसिलामा तेह्रथुम पुगेर त्यहीँ घरजम
गर्नुभएछ । म तीन वर्षकी हुँदा परिवारसहित काठमाडौँ र्फकनुभएछ ।
बाल्यकाल मेरो त्यति सुखद् रहेन । ममीको पीडा हेरेर हुर्किएँ । १२
वर्षकै उमेरमा उहाँको माइलो छोरा बित्यो । त्यसको दुई
वर्षपछि युवा उमेरमै श्रीमान् पनि परलोक हुनुभयो । त्यसबेला म आठ
वर्षकी मात्र थिएँ । त्यतिबेला ममी जिउनै गाह्रो हुने
स्थितिमा पुग्नुभयो । माइती -तेह्रथुम) जाउँ भने धेरै टाढा, घर
(फर्पिङ) जान पनि गाह्रो । धेरै तनाबका कारण उहाँ मानसिक
बिरामी नै हुनुभयो । अहिले ठीक हुनुभएको छ । त्यसैले म ममीलाई धेरै
माया गर्छु । त्यतिखेर फुपू जानकी केसीले साथ नदिनुभएको भए
हामीलाई बाँच्नै समस्या पथ्र्यो । र, आज म यो स्थितिमा शायदै
पुग्थें ।
रेडियोमा गीत बज्दा शरीर चल्मलाउँथ्यो
सानोमा म ज्ञानी बच्चा थिएँ । घरको काममा पनि त्यस्तै ।
रातिको १२ नै किन नबजोस्, किचेन सफा गरेर मात्रै सुत्थें । मैले
माझेको सिल्भरको बाटामा ऐना हेर्न मिल्थ्यो । ‘मेरी भदैनीले सबै
भाँडा प्वाल पार्ने भई’ भनेर फुपू गाली गर्नुहुन्थ्यो ।
गाउन र नाच्नमा पनि म औधी नै रुचि राख्थें । तर, एक्लै हुँदा मात्रै ।
रेडियोमा गीत बजेपछि मेरो शरीर आफै चल्मलाउँथ्यो ।
रेडियोको वरिपरि सबैजना हुने, हत्त न पत्त तल झरेर एक्लै नाच्थें ।
गाउने पनि त्यस्तै, सबैजना छन् भने केटाको जस्तो आवाज निकालेर
हाइफाई तरिकाले गाइदिन्थें । एक्लै हुँदा भने सुरिलो आवाजले गाउँथेँ ।
मेरा यी हर्कतबाट फुपू भने राम्रै परिचित हुनुहुन्थ्यो ।
मनोजसित पहिलो भेट
अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगिता थियो ०५४ सालमा ।
त्यो प्रतियोगितामा म गाउँदै थिएँ, मनोजराज
शिवाकोटी पनि त्यही प्रतियोगितामा प्रतिस्पर्धी रहेछन् ।
त्यतिबेला म फुच्ची थिएँ, कपाल थाइकट थियो, घुँडाघँडासम्म आइपुग्ने
फ्रक लगाएकी थिएँ ।
मनोजराजजीले त्यहीँ नै मलाई पहिलोपटक देख्नुभएको थियो । उहाँले
घर पुगेपछि सबैलाई भन्नुभयो रे, ‘हेर्दा फुच्ची छ, आवाज
ऐनाजस्तो प्रस्ट छ, त्यही फुच्चीले जित्छे ।’ उहाँले सोचेजस्तै भयो,
म फस्र्ट भएँ, मनोजजी छैठौं हुनुभयो । त्यहाँदेखि त उहाँले मलाई
‘फलो’ गर्न थालिहाल्नुभयो नि । ‘हामी सँगै सिक्नुपर्छ है,
साथी बनौं, सँगै प्राक्टिस गरौं’ भन्दै उहाँ नजिकिन खोज्नुहुन्थ्यो ।
‘नाई, म प्राक्टिस आफ्नै दाइहरुसँग गर्छु’ भनेर म तर्किन्थें ।
मलाई भेट्न उहाँ रेडियो नेपाल नै आउनुहुन्थ्यो,
इन्स्टिच्युटमा पनि पुग्नुहुन्थ्यो । मेरी साथी (बाला दिदी) लाई
‘हिन्स’ दिनुहुन्थ्यो, बाला दिदीसँग कुरा गरेर मसँग नजिक हुन
खोजेको चाल म थाहा पाइहाल्थें । उहाँ नजिक हुन खोज्नुहुन्थ्यो, म
टाढा भाग्थें। मैले वास्तै गर्न छाडेपछि हामीबीच ग्याप भयो ।
लभ चल्दा नै झपड हानेर बेहोस बनाए
शंकैशंकाबाट सुरु भयो हाम्रो जीन्दगी । बिहे भएको केही दिनदेखि नै
उहाँले मलाई पिट्न थाल्नुभयो । हुन त उहाँले बिहेअघि पनि पिटेर बेहोस्
पार्नुभएको थियो । सामान्य विवादमा ठमेलको बीच बाटोमै मलाई
जोडले थप्पड हान्नुभाथ्यो । म त बेहोसै भएँछु । पछि, उहाँले नै
ट्याक्सीमा हालेर घर पुर्याउनुभएछ । म होसमा आएपछि उहाँले ‘आई
लभ यू, सरी’ भन्नुभयो, मेरो कोमल मन पग्लिइहाल्यो ।
अहिले पछुतो लाग्छ, त्यतिबेला मैले त्यो थप्पडको जवाफ दिएको भए
आज यो दिन देख्नुपर्दैनथ्यो होला । मैले अनुभव गरें,
केटा मान्छेको हात एकपटक उठेपछि त्यसलाई रोकेन भने उठेको उठ्यै
गर्दोरहेछ । त्यसले झन्झन् ठूलो रुप लिने रहेछ । बिहेअघि नै उहाँले
ममाथि शंका गर्ने, त्यस्तो हुँदाहुँदै पनि मैले किन बिहे गरंे,
त्यो गल्तीका लागि अहिले मलाई छोरी (परितोषिका) ले गाली गर्छे ।
पटक-पटक मर्न खोजें
एकपटक म सुत्केरी भएको २२ दिनमै नानाभाति शंका गरेर मनोजजीलेे
झगडा गर्नुभयो । धेरै सम्झाएँ तर पनि केही चलेन । एकदमै दिक्क
लाग्यो । अनि, रुँदै चुलेसीले आफ्नै हात काटें । त्यो खत अझै
मेटिएको छैन ।
विभिन्न ठाउँमा कार्यक्रम तय भइसकेको हुन्छ, पिटाइले
अनुहारभरि दाग हुन्थ्यो । त्यसरी पनि कुट्ने हो त ?
आँखा सुन्निँदा चश्मा लगाएर गाएकी छु । झन् हङकङको प्रोग्राममा त
धेरैभन्दा धेरै मेकअप गरेर घाउ लुकाउने कोशिष गरें । गाथा एल्बम
गर्दा कुटेर नाक नै भाँचिदिएका थिए । संगै
अमेरिकामा भएका बेला मेरो एउटा औंला नै भाँचिदिए ।
छुट्टी कै दिन रातभरि कुटाकुट भयो
विदेशमा धेरै कन्सर्टमा जान्थें । तर, दुवैजना सँगै भने गएका थिएनौं ।
सँगै जाने उहाँको पनि इच्छा थियो, ‘एकैचोटि अमेरिका नै जाऔं न त’
भनेर उहाँलाई पनि सँगै लगें । त्यहाँ पनि उहाँको स्वभाव फेरिएन,
झगडा गरेर मेरो एउटा औंला नै भाँचिदिनुभयो । दुई महिनाको कार्यक्रम
थियो, म फर्किएँ, उहाँ उतै बस्नुभयो ।
केही महिनापछि उहाँ पनि र्फकनुभयो । फर्केपछि त झन्
दिनरातको टर्चर सुरु भयो । अरुको कुरा सुनेर दिनरात नै पिट्न
थाल्नुभयो ।
उहाँसँग छुट्टनिुअघि रातभरि नै झगडा पर्यो । बिहानको चार
बजिसक्यो, कुटेको कुट्यै मात्र गर्छन् । ‘तँ किन कुरा बुझ्दिनस्’ भन्दै
घाँटी ङ्याके । सास नै जालाजस्तो भाथ्यो, धन्न छाडे । त्यो दिन त
अति नै गरे । मेरो ओठ, गाला सबै सुन्निएको थियो । रिसले
मेरो पनि कन्परा घुम्यो । यसै भएन, उसै भएन भनेर देब्रे हातले
मज्जाले बजाएँ । बेस्करी मुड्की बजाएकी थिएँ, एक मुड्कीमै
उहाँको आँखा रातै भयो ।
यसरी क्रियश्चियन बनें
फ्यानहरु सम्झन्छु । कतिपल्ट त एक्लै रुन्छु । कति धेरै
माया गरेका होलान् जस्तो लाग्छ । कुनै पनि गायकलाई आयोजकले डेढ
वर्षसम्म कुरेको सायदै इतिहास छ । तर, मलाई कुरे । बाहिरबाट
पैसा ल्याएर होटलमा बसेका थिए । मेरो पारिश्रमिक महँगो छ, मलाई
तिर्न ल्याएको पैसा सकिइसक्यो । होटलमा अझै कति दिन बस्नुपर्ने
हो थाहा छैन । मलाई फोन गरेर भन्थे, ‘डाक्टरले अब कति दिन टाइम
लाग्छ भनेका छन्, एक महिना, डेढ महिना, तीन महिना ?
हामी कुर्छौँ ।’ उनीहरुको कुरा सुनेर म धुरुधुरु रुन्थेँ ।
काठमाडौँमा म एक्लै टोलाउँथेँ । काठमाडौँबाहिर बहिनी फ्रेस हुन्छिन्
कि भनेर दाजु र साथीहरुले मलाई वीरगन्ज पुर्याउनुभयो ।
त्यहाँ हाम्रा सानोबुबाको परिवार थियो । शुक्रबार पुगेका थियौँ,
शनिबार त्यहाँको एउटा ठूलो हलमा सबैजना बस्यौँ । एक, दुई, चार
गरी अडियन्सहरु बढ्न थाले । मलाई सबैले चिन्थे, म कसैलाई नचिन्ने
। सानोबुबाले मलाई सल दिएर घुम्टी लगाऊ भन्नुभयो । मैले त्यसै गरेँ
। पछि थाहा भयो, मेरो सानोबा पास्टर र
सानीआमा पास्टर्नी हुनुहुँदो रहेछ । पास्टर बाले मलाई छोएर ‘हे प्रभु
तपाईंले बनाउनुभएको सुनको शिष्यलाई (सिसी) कसैले पनि तहस-नहस
पार्न नसकोस्’ भन्नुभयो । त्यो शब्द सुनेपछि भक्कानो फुटेर आयो ।
जिन्दगीमा धेरै रोएँ तर, त्यस्तो त म कहिल्यै रोएकी थिइनँ ।
बेलुकी भजन-कीर्तनको कार्यक्रम थियो । मेरो आवाज खुलेकै थिएन ।
तर, भजन किताबबाट आठ नम्बरको भजन मलाई गाउन लगाइयो ।
‘महान् ईश्वर गर्छु म प्रशंसा तपाईंको’ भजन मैले गाउनुपर्ने भयो ।
हाइरेन्जमा थियो त्यो भजन । भजन गाएको त बेलुका सललल
मेरो आवाज खुल्यो । म रोएँ, उफ्रेर नाच्न थालेँ, यता कुदेँ, उता दगुरेँ
। दाइहरु पनि रुनुभयो । त्यसपछि पास्टर बुबा राजकुमार घिमिरे र
पास्टर्नी आमा कमला घिमिरेले मलाई ग्रहण गरिदिनुभयो ।
त्यसपछि बाइबल पढ्न थालेँ, त्यसबाट प्रभावित भएर अहिले म
क्रिश्चियन बनेँ ।
तीन वर्षमा तीन तले घर बनाएँ
त्यतिबेला मसँग पैसा थिएन । पैसा त मैले धेरै नै कमाएकी थिएँ तर,
सबै खर्च भइसकेको थियो । कहिल्यै नकमाएको पैसा कमाउन थालेँ ।
पाँच लाख रुपैयाँ बैना गरेर एकतले घर किनेँ । डेढ वर्षको अवधिमा तीन
तलाको घर बनाएकी छु । दाजु, भाउजू, ममी, फुपू सबै सँगै बसेका छौँ ।
न योजना, न सपना
बूढासँगै हुँदाचाहिँ योजनाहरु बनाउँथेँ । आफ्नै म्युजिक कम्पनी खोल्ने,
इन्स्टिच्युट खोल्ने, कटेज जस्तो घर
बनाउनेजस्ता सपनाका कुरा गथ्र्यौं । अब त्यस्ता केही योजना छैनन्,
मेरा सबै कुरा विशुद्ध छोरीमाथि मात्रै केन्द्रित हुनेछ ।

Wednesday 21 August 2013

(जसको दिलमा अरु रैछ 
उसकै भरमा परे) २
तिमी ऊ बिना मर्छौ म तिमी बिना
(मैले कस्तो यो माया गरे) २

(भन्नु पर्थ्यो पहिले तिमीले
मेरो दिलमा छ अरु) २
जब तिमी बिना म
बाँच्न नसक्ने भए
अब भन्छौ तिमी
(म के गरु) २

(जसको दिलमा अरु रैछ
उसकै भरमा परे) २
तिमी ऊ बिना मर्छौ
म तिमी बिना
(मैले कस्तो यो माया गरे) २

(म चाहन्छु तिम्रै खुशी
भन्दिन तिम्रै बनुँ) २
जो सँग तिमी खुशी रहन्छौ
उसैलाई अंगाल म के भनु
म के भनु

(जसको दिलमा अरु रैछ
उसकै भरमा परे) २
तिमी ऊ बिना मर्छौ
म तिमी बिना
(मैले कस्तो यो माया गरे) २ 

(शंका नगर तिमी...हो...
छैन मेरो कोहि अरु )२
(तिम्रो माया पाउनलाई
भन म के गरुँ )२
शंका नगर तिमी...

(तिमी बिना नरमाईलो 
यो संसार किन
जिन्दगी नै व्यर्थ लाग्ने 
तिम्रो साथ बिना )२
तिमीलाई पाउन नसकेमा 
संसार त्यागि दिन्छु बरु
(तिम्रो माया पाउनलाई 
भन म के गरुँ )२
शंका नगर तिमी...

(तिमी जहाँ रहे पनि
सधै तिम्रो ख्याल गर्छु
दुनियाँले जे भने नि
म त तिमीलाई माया गर्छु )२
यो मन भरि बुनि रहेछु 
मिठा मिठा सपनाहरु
@ smslyrics.com 
(तिम्रो माया पाउनलाई 
भन म के गरुँ )२

शंका नगर तिमी...हो...
छैन मेरो कोहि अरु  )२
(तिम्रो माया पाउनलाई
भन म के गरुँ )२
शंका नगर तिमी...

Tuesday 20 August 2013

हास्नलाई ओठ खोले ......

Artist: Anju Panta (अन्जु पन्त)
Title: Hasnalai oth khole
(हास्नलाई ओठ खोले)
Album: Anurag
(Hasnalai ooth khole
aankha vari aanshu vayo)2
(bachnalai saatha roje
duniya tadha vayo)2
(yo mayako sansarma)2
(aaja dherai jaal vayo)2
(kade taarko baar layera
yo manalai kina bareu)2
timi udeu chari sari
pijadama malai pareu
(yestai garnu thiyo vane
mutu satne wacha kelai)2
(bahanama tadha vayeu
jiwan vari mana jalai)2
(yo manako sansarma)2
(aaja dherai jaal vayo)2
(yesari nai bachne vaye
timro yaadle malai maryo)2
dobatoma pugna napai
goretomai eklo paryeu
(timro lagi bachu vanda
aafai vitra lage marna)2
(kahle dekhi sikeu vana
mutu vitra teer chedna)2
Hasnalai ooth khole
aankha vari aanshu vayo
(bachnalai saatha roje
duniya tadha vayo)2
(yo manko sansarma)2
(aaja dherai jaal vayo)2

उदास मेरो जीबन कथा

खै कता बाट शुरु गरु? मनमा गुम्सिएका गन्थन भनु या तछाड मछाड
गर्दै
उर्लिएको भेल,कहिलेको आसु र रोदन त, कहिलेको बिछोडको पिडा,यसै
बिचको सम्बन्ध लाई कुन परिभाषा बाट परिचित गराऊ? यसरी नै
जिन्दगीमा सग्घर्ष को पौठेजोरी खेल्दै ,केवल
जिउदो लासको रुपमा जिन्दगि जिउनु नै दिनचर्या भयको छ,थाहा छैन
किन म आज धेरै दुखि छु ,दुखको बेला अरुलाई सान्त्वना दिने यो मन
आज आफै
बिचलित छ,कसैको आखाको आसु पुछिदिने यी हातहरु,आज आफ्नै आसु
पुछ्न सकिरहेको छैन, भन्छन अन्तिम दुखको सहारा भगवान हो ,,तर
मलाई आज
यो पनि विश्वास लाग्न छोडेको छ ,,किन कि मैले धेरै मन्दिर धाए,धेरै
ढुग्ग्गा ढोगे,धेरै फुल पाती चडाए,आखिर त्यो पनि मेरो लागि नभयर
कुनै
दोस्रो मान्छेहरुको लागि,तर भगवानले मेरो पुकारा सुनेनन्,
(कसैको लागि साथ
दिन्छु ,मलाई एक्लो बनायर जान्छ)(कसैको लागि माया गर्छु उल्टै
मलाई
घृणा गर्छ) ,न त कसैको दुख हेर्न सक्छु न त दुख देखि पार गराउन
सक्छु ,यो कस्तो बिडम्बना,,त्यसैले आज म भगवान संग अन्तिम
पुकारा गर्न
चहान्छु,यदि पर्भु तिमिमा शक्ति छ,र दुनियाँमा सबैलाई खुसि र
हासो दिन सक्छौ भने ,मेरो पनि एउटा पुकारा सुनिदेउ,जुन पुकारा सुने
पछी अरु
कुनै पुकारा माग्न म तिम्रो दैलो ढकढक्याउने छैन,,र आजसम्म
को खुसि खोज्न
झोली थाप्ने यी हातहरु, अनि तड्पेर जिएका पलहरु,सन्तुस्टीहुने
छन्,भगवान
कृपया मलाई अब मृत्यु देउ,म जिउन देखि थाकिसक

Thursday 11 July 2013

हे भगवान हामीलाई मिलाई देऊ

(हे भगवान हामीलाई मिलाई देऊ )२
(छुटेर हामी जीउन सक्दैनौं )२ 
(च्यातिएका दुई मुटु सिलाई देऊ )२
हे भगवान हामीलाई मिलाई देऊ...

(तड्पेको छु यहाँ म रुदैं होलान् उनी उता 
सँगै हुदाँ भन्दा माया बढ्ढो रहेछ टाढा हुदाँ )२
(हे भगवान हामीलाई मिलाई देऊ )२
(छुटेर हामी जीउन सक्दैनौं )२
(च्यतिएका दुई मुटु सिलाई देऊ )२
हे भगवान हामीलाई मिलाई देऊ...

(उनी रुदाँ मलाई दुख्थ्यो मलाई दुख्दा उनी रुन्थे
एकैछिन छुट्दा खेरी ओईलिएको फूल झैं हुन्थे )२
(हे भगवान हामीलाई मिलाई देऊ )२
@ smslyrics.com
(छुटेर हामी जीउन सक्दैनौं )२
(च्यतिएका दुई मुटु सिलाई देऊ )२
हे भगवान हामीलाई मिलाई देऊ..

Wednesday 1 May 2013

गजल

आज म तिमी बाट धेरै टाढा छू
तिम्रो त्यो बस्ती बाट धेरै टाढा छू
जती खोज जती शोधआफन्त र छिमेकी लाई
सबै को त्यो नजर बाट धेरै टाढा छू
गाऊ सारा घुमेउ होल शहर सारा हिनेउ होला
गाऊ शहर भन्दा पनी धेरै टाढा छू
जती कराउ जती बोलाऊ सुन्न मैले सक्दिन है
अनकन्टार ठाउ भन्दा धेरै टाढा छू
सात समुन्द्र तरेको छू भन्ज्याङ हरु तरे कती
तिम्रो त्यो सहर बाट धेरै टाढा छू

Tuesday 30 April 2013

मेरो परीचय

I am a Arjun magar from kusum banke nepalgunj nepal